मधेश

उत्तरवाहिनी घुम्‍न हिँडेका थिए मामा-भान्जा, कमला नदीमा शव भेटियो

इकागज |
असार २८, २०७९ मंगलबार १२:१० बजे

सांकेतिक तस्बिर

सिरहा- सिरहाको कमला नदीमा फेला परेको शव मामा-भान्जाको भएको र उनीहरू उत्तरवाहिनी घुम्न हिँडेको खुलेको छ ।

आइतबार अपरान्ह घरबाट सिरहा र धनुषाको बीच सीमामा पर्ने धार्मिकस्थल उत्तरवाहिनी घुम्न निस्केका कर्जन्हा नगरपालिका-१ बन्दीपुरका १७ वर्षीय मोहम्द अलि र भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव सोमबार कमला नदीमा फेला परेको हो ।


बकरइदको पहिलो दिन हिजो घरमा खानपिन गरेर ज९प ६१९४ नम्बरको बुलेट मोटरसाइकल लिएर घुम्न भनी कर्जन्हा नपा-१ कै उत्तरवाहिनी गएका उनीहरू राति अबेरसम्म नफर्केपछि प्रहरीलाई खबर गरेरको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । प्रहरी र आफन्त मिलेर रातभर खोजे पनि उनीहरूको शव साेमबार बिहानमात्र फेला परेको उनले बताए ।

कमला नदीमा नुहाउन गएका उनीहरू डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x