मधेश

पर्साको कालिकामाईमा कांग्रेस र जसपाबीच झडप, ५ जना घाइते

इकागज |
असार ३२, २०७९ शनिबार २०:० बजे

जनकपुरधाम- पर्साको कालिकामाई गाउँपालिका सभाका लागि डाकिएको बैठक स्थगित भएपछि झडपमा भएकाे छ ।

शनिबार दिउँसो ४ बजेका लागि डाकिएको बैठक एक सूचना जारी गरी स्थगित गरिएपछि गाउँपालिका कार्यपालिकामा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएकाे हाे । उक्त झडपमा परी ५ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घाइते हुनेहरुमा कालिकामाई गाउँपालिका ३ का अध्यक्ष सञ्जयकुमार पटेल, वडा नम्बर ४ बस्‍ने महम्मद गफार मिया, महम्मद एकबाल मिया, अकबर मिया र विजय चौरसिया रहेका छन् ।

घाइतेहरूको वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भईरहेको छ भने वडाध्यक्ष पटेलको गालामा चोट लागेको छ । भित्र र बाहिर गरी उनकाे गालामा पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।

घाइते मध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

यसैबीच घटनामा संलग्‍न रहेको आरोपमा प्रहरीले ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताएका छन् ।

प्रवक्ता खनालले भने, ‘गाउँ सभा हुन्छ भनी खबर आएपछि गाउँपालिकामा नै प्रहरी टोली खटिएको थियो, झडप नै भयो भनेपछि थप टोली पठाएपछि झडप शान्त भएकाे थियाे तर पछि वडा नम्बर ३ बालुवाकट्टी जाने बाटोमा काँग्रेस र जसपाको कार्यकर्ताबीच झडप भएपछि ५ जना घाइते भए ।'


 


Author

थप समाचार
x