मिथिलामा करार कर्मचारी हटाउने विषयमा लफडा
महोत्तरी- धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि करारका कर्मचारी हटाउने निर्णयविरुद्ध उभिएका छन् ।
मेयर र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा नगरका विभिन्न सेवामा कार्यरत ९ जना कर्मचारीलाई मौखिक आदेशमा बर्खास्त गरिएको भन्दै जनप्रतिनिधिले असहमति जनाएका हुन् ।
उपप्रमुख, सात जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यले सयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।
ती कर्मचारीलाई कार्यपालिकाको बैठक बस्ने अवधिसम्मका सेवामा हाजिर गराउन अनुरोध गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया