आर्थिक वर्ष ०७८/७९ मा उच्च अदालत जनकपुरकाे ४९ प्रतिशत मुद्दा फर्छ्याैट
जनकपुरधाम- उच्च अदालत जनकपुरधामले आर्थिक वर्ष २०७८/०७९ मा ४९.१५ प्रतिशत मुद्दा फर्छ्याेट गरेको छ ।
बुधबार उच्च अदालत जनकपुरधामले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रगति विवरण अनुसार ४९.१५ प्रतिशत मुद्दाको फर्छ्याेट गरेको हाे । उच्च अदालत जनकपुरधामले कूल ४ हजार ७ सय २४ मुद्दाहरु मध्ये २ हजार ३ सय २२ मुद्दाको फर्छ्याेट गरेको छ । तर, ३ हजार ५ सय ३६ मुद्दा फर्छ्याेट गर्ने लक्ष्य लिएको थियो ।
आ.व. ०७७/०७८ बाट सरेर २ हजार ४ सय ६६ मुद्दा आएकोमा गत आर्थिक वर्षमा २ हजार २ सय ५८ नयाँ मुद्दा दर्ता भएर कूल ४ हजार ७ सय २४ मुद्दा कायम भएको प्रगति विवरणमा उल्लेख छ ।
उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश विनोद शर्माले आ.व. ०७८/७९ बाट २ हजार ४ सय २ वटा मुद्दा आ.व. ०७९/८० मा सरेर आएकाे जानकारी दिँदै पछिल्ला केही आर्थिक वर्षदेखि मुद्दा फर्छ्याेटको दरमा कमी आएको बताए ।
मुख्य न्यायाधीश शर्माले कोरोना महामारी, स्थानीय तह निर्वाचन तथा बेन्च अभावका कारण मुद्दा फर्छ्याेटको दरमा केही कमी आएको स्वीकार्दै मुद्दा फर्छ्याेटको स्थिति संतोषजनक रहेको दाबी गरे ।
उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७५/०७६ मा ७२.९६ प्रतिशत मुद्दाहरु फर्छ्याेट गरेको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ५५.२० प्रतिशत र आर्थिक वर्ष २०७७/०७८ मा ३३.०२ प्रतिशत मुद्दाहरु मात्रै फर्छ्याेट गर्न सकेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया