सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सर्लाही- सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए ।
दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया