मिटरब्याजीलाई कानुनको दायरामा ल्याइन्छ : मुख्यमन्त्री राउत
फाइल तस्बिर
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटरब्याजीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । मिटरब्याजीविरुद्ध सङ्घर्ष समितिको आज ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले मिटरब्याजीहरू कानुनी दायरामा आउन नसक्दा विकृति बढेको बताए ।
मिटरब्याजीबाट पीडित भएकाको समस्यालाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको र मिटरब्याजीविरुद्ध कडा कदम चाल्ने बताए । मिटरब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले यसलाई कानुनी रुपमा नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्ने उल्लेख गरे ।
'मिटरब्याजबाट पीडित भएकाको समस्याप्रति हामी गम्भीर छौँ,' मुख्यमन्त्री राउतले भने, 'प्रहरी प्रशासन प्रदेश सरकारको मातहत नहुँदा ठोस कदम चाल्न सकिएको छैन । तर अब चाँडै समस्या समाधान गर्छौँ, तपाईंहरू ढुक्क हुनुस् ।' सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासमान नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका पीडितहरूले मुख्यमन्त्री राउतलाई विभिन्न सात बुँदे ज्ञापनपत्र बुझाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया