चेकजाँचको नाममा सिराहा ट्राफिकले असुली धन्दा चलाएको आरोप
सिराहा- सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अवैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ चौक चोहर्वा स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अवैध रकम असुल्ने गरेको पाइएको हो ।
ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दु:ख दिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अवैध रकम असुल्ने गरेको चालक बुधराम महतोले आरोप लगाए । उनले भने, 'महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दु:ख दिने मनसायले गाडीलाई घण्टौँ सडकमा रोकिदिन्छन् ।'
नयाँ चौक चोहर्वामा तीन पाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यवसायीसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजारसम्म महिनावारीकै रुपमा अवैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताए ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानका प्रमुख इन्सपेक्टर टुपेन्द्रकुमार श्रेष्ठले भने राजश्व नकाटी ट्राफिकले रकम लिएको प्रमाण पाइएमा कारबाही गर्ने बताए । सिरहामा दिनहुँ ठूलो संख्यामा सानादेखि ठूला गाडीहरु क्षमताभन्दा बढी लोड गरी हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरूको आरोप छ । न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया