नगरसभाकाे माग गर्दै लाेसपाले घेर्याे नगरपालिका
जनकपुरधाम- नगरसभाकाे माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालले धनुषाकाे नगराईन नगरपालिका घेराउ गरेकाे छ ।
साेमबार लाेसपा नगर कमिटीले पूर्व निर्धारित आन्दोलनका कार्यक्रम अनुसार नगरसभाकाे माग गर्दै नगरपालिका घेराउ गरेकाे हाे । लाेसपाका नेता राजु चाैधरीले असार १० गतेभित्रै गर्नुपर्ने नगरसभा दुई महिना बितिसक्दा पनि नगर्दा नगरकाे विकासकाे कामहरू प्रभावित हुँदै गएकाे बताए । उनले आज बाध्य भएर नगरपालिका घेराउ गर्नु परेकाे उल्लेख गरे ।
'हामीले बारम्बार ध्यानाकर्षण र ज्ञापनपत्र बुझाएर ताकेता गर्दा पनि मेयर विनयकुमार यादवसहितका पदाधिकारीले कुनै चासाे नलिएपछि आज सांकेतिक रूपमा नगरपालिका घेराउ गरेका छाैं,' उनले भने, 'यदि एक साताभित्र नगरसभा नगरिए नगरपालिकासहित प्रत्येक वडामा तालाबन्दी गर्नेछाैं ।'
यता मेयर यादवले आफू अल्पमतमा रहेका कारण नगरसभामा ढिलाई भएकाे बताउँछन् । उनले भने, 'कार्यपालिका बाेर्डमा हाम्राे कांग्रेस पार्टी अल्पमतमा रहेकाे कारण बहुमत दल भएकाे एमालेले गर्न दिईरहेकाे छैन । हुनत नगरसभाका लागि दुई/तीन पटक बैठक बाेलाए पनि उपमेयसहितका एमाले आबद्ध बाेर्ड सदस्यहरू उपस्थित भएन् ।'
उनी अगाडि भन्छन्, 'तर अब चाँडै नै बहुमत हाेस वा नहाेस एउटा मिति निर्धारण नगरसभा गर्नेछु ।'
नगरपालिकामा उपमेयर राधादेवी यादवसहित एमालेका बाेर्ड सदस्य छन् भने मेयरसहित कांग्रेसका सदस्य छन् ।
यसअघि असार मसान्तमा एमालेका बाेर्ड सदस्य तथा कार्यकर्ताहरूले आफ्नाे याेजना थाति राखेर पुरानाे मितिमा मेयरले याेजना वितरण गरिरहेकाे आराेप लगाउँदै दर्ता चलानी रजिष्टर नियन्त्रणमा लिई प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महताेलाई दुर्व्यवहार समेत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया