बारामा उद्योग लुट्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान, एक प्रहरी घाइते
सांकेतिक तस्बिर
काठमाडौँ- बारामा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित एरोटेक प्रालि(ग्यासको सिलिन्डर बनाउने कम्पनी) मा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।
गएराति साढे ११ बजे उद्योगमा लुटपाट गर्न आएका ११ जनाको डाँका समूहले एक राउण्ड गोली फायर गरेपछि प्रहरीले पनि ३ राउण्ड हवाई फायर गरेको थियो । डाँका समूहले फलामको रडले वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको टाउकोमा प्रहार गरेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले इकागजलाई जानकारी दिए । घाइते सई शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको छ । त्यस्तै डाका समूहका घाइते एक जनाको पनि सोही हस्पिटलमा उपचार भइरहेको छ ।
प्रहरीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेमा डाँका समूहका जीतपुरसिमरा उपमहानगरपालिका-९ का जयराम पासवान र जीतपुरसिमरा उपमहानगरपालिका-१० का जबाइल महतो रहेको प्रजिअ कटुवालले इकागजलाई बताए । डाँका समूह स्थानीय रहेकव उनको भनाई छ । प्रहरीले डाँका समूहको घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक/एक थान र तीन राउण्ड गोली बरामद गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया