मधेश

एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने ११ जना पक्राउ

सुभाष कर्ण |
भदौ २७, २०७९ सोमबार १७:२१ बजे

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको छ ।

साेमबार पार्टीद्वारा आयोजित आमसभा कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष ओलीलाई विमानस्थलबाट कार्यक्रम स्थल तिरहुतिया गाछी जाने क्रममा क्याम्पस चोकमा कालो झण्डा देखाउने ११ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । 


पक्राउ परेकाहरूले नागरिकता विरोधी एमाले अध्यक्ष केपी शर्मा ओली नै भन्दै नाराबाजी गर्दै कालो देखाएको थियो । यता प्रहरीले केही युवाहरूको समूहले एमाले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउँदै उनले चढेको गाडी अवरूद्ध गर्न खोज्दा पक्राउ गरिएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले पूर्वप्रधानमन्त्री ओली सवार गाडी अवरूद्ध गर्ने र कालो झण्डा देखाउन प्रयास गरेको आरोपमा तिनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

यसैबीच सो आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न प्रहरीसँग आग्रह गरेका छन् । 
उनले भने, 'मलाई कालो झण्डा देखाउने युवकहरूको केही दोष छैन । उनीहरूलाई म विरूद्धका दलहरूले उचालेर विरोधमा उतार्न लगाएका हुन् ।'


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x