एमालेको नेतृत्वमा सरकार नबने देश बर्बाद हुनेछ : अध्यक्ष ओली
जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सरकार जनताका लागि घातक रहेको बताएका छन् ।
सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन देशका लागि कुनै पनि हिसाबले हितकर नरहेको दाबी गर्दै जनताका लागि घातक रहेको बताए । उनले गठबन्धनको सरकारले राष्ट्रियताको समग्र प्रणाली नै संकटमा पार्दै गएकाले राजनीतिक, धार्मिक र सामाजिक सांस्कृतिक हिसाबले पनि वर्तमान गठबन्धन सरकार देश र जनताका लागि घातक रहेको आरोप लगाए ।
अध्यक्ष ओलीले आउने मंसिर ४ गते देशले ज्यादै महत्वपूर्ण निर्णय गरिरहेको बताउँदै यस निर्वाचनले देशको भाग्य र भविष्य कोर्ने दाबी गर्दै भने, 'आउँदो निर्वाचनमा देश कता जाने हो भन्ने निर्णय गर्ने अधिकार जनतामा निहित रहेकाले देशलाई बचाउन जनताले उचित निर्णय लिनेछन् भन्ने विश्वास छ ।'
सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनबाट एमालेकै नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्दै अध्यक्ष ओलीले सोही सरकारले देशलाई विकास र गतिको दिशामा अगाडि बढाउने दाबी गरे । उनले एमालेको नेतृत्वमा सरकार नबने देश बर्बादितर्फ धकेलिने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया