कांग्रेस टिकट बेचुवाहरूको पार्टी हो: पूर्वउपसपभाति यादव
जनकपुरधाम- नेपाली कांग्रेस 'टिकट बेचुवा'हरूको पार्टी भएको कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका कांग्रेसका पूर्व धनुषा उपसभापति सन्तोष यादवले आरोप लगाएका छन् ।
सोमबार आयोजित आमसभामा पार्टी प्रवेश पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, 'पछिल्लोपटक स्थानीय तहको निर्वाचनमा कांग्रेसमा वडादेखि पालिकाको मेयरसम्म सबै सिट बिक्री हुन्छ ।'
यादवले जनआन्दोलनदेखि कांग्रेसमा दिएको आफ्नो योगदानबारे चर्चा गर्दै पार्टी बनाउन आफूले यतिको मेहनत गरेपनि टिकट बिक्रीको चलखेलले कहिले पनि अवसर नपाएकाे बताए । उनले भने, 'पैसामा वडादेखि नै पार्टीको टिकट बेच्ने पार्टीको गठबन्धन होइन राष्ट्रको लागि ठगबन्धन र झुठाहरूको झुण्ड हाे ।'
उनले कांग्रेसले गठबन्धन गरेर आफ्नो सिद्धान्त बिर्सेको भन्दै आफूलाई पटकपटक अवसरबाट वञ्चित गरिएको आरोप समेत लगाए ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी धनुषा सभापति पदमा पराजित भएका थिए । त्यसअघि जिल्ला सदस्यदेखि जिल्ला सचिव हुँदै उपसभापतिसम्म बनेका उनलाई प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली पनि जनकपुरधाम आएका थिए ।
यादवका साथै जसपाका प्रतिनिधि सभा सदस्य रुहीनाज, प्रदेश सभा सदस्य अन्जु यादवलगायत कांग्रेस, जसपा र लोसपासहितका पार्टीका सयौं नेता कार्यकर्ताहरू एमाले प्रवेश गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया