Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

एमाले-जसपाबीच धनुषाका यी क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा हुने

सुभाष कर्ण |
असोज २२, २०७९ शनिबार १९:२५ बजे

जनकपुरधाम । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच भएको सहमति अनुसार मधेश प्रदेशका केही क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा हुने भएको छ । सहमति अनुसार प्रदेशका ४ वटा क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ दुवै दलले आ आफ्ना उम्मेदवार दिनेछन् र मित्रवत प्रतिष्पर्धा गर्ने भनिदै आएको थियो । तर अब धनुषाको क्षेत्र नम्बर ४ समेत थपिने भएकोले अब दुवै दलबीच प्रदेशका ५ वटा क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा हुने भएको छ ।

सहमति अनुसार धनुषाको २, महोत्तरीको २, रौतहटको १ र बाराको ३ मा स्वस्थ्य मित्रवत प्रतिष्पर्धा गर्नेछ । तर धनुषाको क्षेत्र नम्बर ४ मा समेत विवाद उत्पन्न भएपछि स्वस्थ प्रतिष्पर्धा नै हुने उम्मेदवारहरुले दाबी गरेका छन । धनुषा क्षेत्र नम्बर ४ जसपाबाट प्रतिनिधि सभाका उम्मेदवार महाजन यादवले भने सहमति अनुसार यो क्षेत्र एमालेले पाएपनि हामी जित्न सक्ने सम्भावना देखेर मित्रवत प्रतिष्पर्धामा जाने निर्णय भएको हो ।


गठबन्धनका दुवै दलका उम्मेदवार टिकट लिएर आइसकेकाले प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवारी पर्नेछ । त्यस्तै प्रदेश सभातर्फ तर्फ ४ (क) बाट कांग्रेसबाट पार्टी प्रवेश गरेका एमालेका सन्तोष यादवले पनि यो क्षेत्रमा मित्रवत प्रतिष्पर्धा गर्ने नयाँ निर्णय भएको बताए । उनले भने 'सहमति अनुसार यस क्षेत्रमा जसपाका ज्ञानेन्द्र यादव उम्मेदवार थिए । तर अब मित्रवत प्रतिष्पर्धा हुने भएपछि एमालेबाट म हुन्छु ।' जसपाका ज्ञानेन्द्र यादवजीले प्रतिष्पर्धा गर्नेछन् । धनुषा क्षेत्र नं. ४ मा महाजनसँगै एमालेबाट रघुवीर महासेठ र कांग्रेसबाट महिन्द्र यादव प्रतिष्पर्धामा रहनेछ ।

त्यस्तै मित्रवत प्रतिष्पर्धा भनिएका धनुषाका क्षेत्र नं. २ मा जसपाबाट एमाले परित्याग गरी जसपा प्रवेश गरेका गंगाराम यादव, एमालेबाट जसपा परित्याग गरी एमाले प्रवेश गरेका उमाशंकर अरगरिया र कांग्रेसबाट रामकृष्ण यादव उम्मेदवार तय भएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x