Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

गठबन्धनमा नअटाएपछि स्वतन्त्र उम्मेदवारी दिँदै लोसपा नेतृ सुरिता

इकागज |
असोज २३, २०७९ आइतबार ११:१७ बजे

जनकपुरधाम - सत्तारूढ गठबन्धन चुनावी गठबन्धनले टिकट नपाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं पूर्व राज्यमन्त्री सुरिता कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन् । लोसपाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलमा सुरिताले लड्दै आएकी महोत्तरी २ 'ख' कांग्रेसको कोटामा परेपछि उनको टिकट काटिएको हो ।

टिकट पाउन नसकेपछि उनी बाध्य भएर स्वतन्त्रबाट प्रदेश सभामा उम्मेदवारी दिन लागेकी हुन् । २०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर २'ख'बाट सुरिता १५ हजार ४ सय ४० मत ल्याएर विजयी भएकी थिइन् । उनको निकटतमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकरण प्रसाद साह सुडीले ६ हजार ४ सय ९७ मत मात्रै ल्याएका थिए । 


पार्टीले टिकट देओस-नदेओस् फरक पर्ने छैन, आफू जनताको प्रतिनिधि हो, जनताको भावना अनुरूप स्वतन्त्रमै भए पनि उम्मेदवारी दिने बताइन् । उनले यस क्षेत्रका मतदाताले यस अघिको निर्वाचनमा विजयी बनाएको थियो ।


Author

थप समाचार
x