मधेश

दोहोरिने दाउमा मधेशका ५३ सांसद

सुभाष कर्ण |
असोज २५, २०७९ मंगलबार २०:५१ बजे

जनकपुरधाम । मधेश प्रदेश सभामा दोस्रो कार्यकालका लागि प्रत्यक्षतर्फ ६४ सिट मध्ये ५३ जना सांसद दोस्रो कार्यकाल दोहोर्‍याउन चुनावी मैदानमा होमिएका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सभामुख, मुख्यमन्त्री, मन्त्री, पूर्वमन्त्री र राज्यमन्त्रीसहित प्रत्यक्षतर्फ गठबन्धन र स्वतन्त्र गरी ५२ तथा एकजना समानुपातिक रहेका यसपटक स्वतन्त्रबाट प्रदेश सभाको दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराई प्रचारप्रसारमा जुटिसकेका छन् ।

उम्मेदवारी दर्ता नगराएका १२ जना मध्ये २ जना स्थानीय तहमा चुनाव लडेका कारण टिकट पाएनन्, ४÷४ जना गठबन्धनको कोटामा पर्न नसकेको कारण र उनको ठाउँमा पार्टीले नयाँ उम्मेदवार खडा गरेको कारण अवसर पाएका छैनन् । अन्य दुई जना प्रतिनिधि सभाको उम्मेदवार बनेपछि त्यसमा नयाँ उम्मेदवारले अवसर पाएका छन् ।


सभामुख, मुख्यमन्त्री र मन्त्रीसहितका ११ जनामध्ये ९ जनाले प्रदेश सभा सदस्य दोहोर्‍याउन आफ्नो पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लडेका छन् । सभामुख र केही मन्त्रीहरु पछिल्लो निर्वाचनमा अर्को पार्टीबाट जितेपनि यसपटक चाहि पार्टी टुटफुट हुँदा नवगठित पार्टीबाट उम्मेदवार भएका छन् ।

तत्कालीन राजपाबाट जितेका सभामुख सरोजकुमार यादवले जसपाबाट बारा १ (ख) मा, एमालेबाट जितेका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुध्न महतोले नेकपा एसबाट धनुषा ४ (ख) र एमालेबाट जितेका कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले नेकपा एसबाट सिरहा ३ (ख) मा दोस्रो कार्यकालका लागि चुनाव लडदैछन् ।

त्यस्तै जसपाबाट मुख्यमन्त्री लालबाबु राउतले पर्साको १ (ख) मा, कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री धनुषा ३ (क), गृह तथा सञ्चार मन्त्री भरत साह नेकपा माओवादीबाट महोत्तरी १ (ख) मा, कांग्रेसबाट महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह सर्लाही ४ (क) मा, अर्थमन्त्री शैलेन्द्र साह जसपाबाट सप्तरी २ (क) र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्री विजय यादवले जसपाबाट सिरहा २ (क) मा चुनावी मैदानमा छन् ।

त्यस्तै पूर्व मन्त्रीतर्फ ज्ञानेन्द्र यादव धनुषा ४ (क) बाट र जितेन्द्र सोनल बारा ४ (ख) बाट चुनाव लड्दैछन भने समानुपातिक कोटाबाट आएका पूर्वमन्त्री रामनरेश राय यस पटक स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । 

रौतहट १ (ख) बाट जसपाका राज्यमन्त्री योगेन्द्र राय यादव, , महोत्तरी ४ (ख) बाट पुर्व राज्यमन्त्री सरोजकुमार सिंह, सिरहा ४ (ख) बाट पुर्व राज्यमन्त्री सुरेश कुमार मण्डल, लोसपाबाट महोत्तरी ३ (क) मा पुर्व राज्यमन्त्री अभिराम शर्माले सहितका सांसदीय कार्यकाल दोहोर्‍याउन चुनावी प्रतिष्पर्धामा उत्रेका छन् ।

उता खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले पछिल्लो निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएकाले यस पटक प्रत्यक्ष तर्फ अवसर पाएका छैनन् भने सामाजिक विकास मन्त्री नवल साह प्रतिनिधि सभामा लडेको कारण सो सिटमा नयाँ अनुहार जसपाकै सुरेन्द्र यादवलाई अवसर दिइएको छ ।

आउँदो निर्वाचनमा सबभन्दा बढी जसपाबाट १८ जना र सबभन्दा कम नेकपा माओवादीबाट एक  जना मात्रले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी एमालेबाट ४ जना, लोसपाबाट ८, कांग्रेसबाट ४, नेकपा एसबाट ९ र स्वतन्त्रबाट ७ जनाले दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् । 

जसपाबाट दोहोर्‍याउनेहरुमा सप्तरी ४ (ख) बाट अभिषेक यादव, सर्लाही २ (ख) बाट अशोक कुमार यादव, बारा ३ (ख) पारस प्रसाद साह, बारा २ (ख) बाट बच्चा राउत अहिर, सर्लाही ३ (ख) बाट विदेश्वर प्रसाद यादव, सप्तरी २ (ख) बाट मनिष सुमन, धनुषा २ (क) बाट रामआशिष यादव, धनुषा २ (ख) बाट शैलेन्द्र यादव, रौतहट २ (ख) रामकिशोर प्रसाद यादव, र पर्सा ४ (ख) बाट सिंहासन साह कलवार रहेका छन् ।

त्यस्तै सर्लाही १(क) मा उपेन्द्र महतो, महोत्तरी ४ (क) मा कौशल किशोर यादव, महोत्तरी २ (क) मा जयनूल राईन, धनुषा ३ (ख) मा परमेश्वर साह, पर्सा २ (ख) रमेश प्रसाद कुर्मी र महोत्तरी ३ (ख) मा रानी शर्मा तिवारीले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

एमालेबाट पर्सा ३ (१) मा जसपाबाट पार्टी प्रवेश गरेका अब्दूल रहीम अन्सारी, महोत्तरी १ (क) शारदा देवी थापा, बारा १ (क) बाट त्रिलोकी प्रसाद र माओवादीबाट एमालेमा गएका रामचन्द्र मण्डलले धनुषाको १ (क) बाट उम्मेदवारी दिएका छन् भने माओवादीबाट एक जना मात्रै मन्त्री भरत साहले उम्मेदवारी दिएका छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बाहेक सप्तरी ४ (क) मा गोविन्द बहादुर न्यौपाने, सर्लाही ३ (क) मा डिल्लीप्रसाद उप्रेती, रौतहट ३ (क) नागेन्द्र राय यादव, सिरहा १ (ख) मा अशोक कुमार यादव, पर्सा ३ (ख) मा लोसपा परित्याग गरेका प्रहलाद गोस्वामी, सिरहा २ (ख) मा मदनसेन श्रीवास्तव र सर्लाही १ (ख) मा बेची लुंगेलीले उम्मेदवारी दिएकी छिन् ।

कांग्रेसबाट पनि मन्त्रीबाहेक सप्तरी ३ (क) मोहम्मद समीम र पर्सा ४ (क) मा शंकर प्रसाद चौधरी उम्मेदवारी दिएका छन । कांग्रेसबाट उपेन्द्र कुशवाहा स्थानीय तह निर्वाचनका लागि राजीनामा दिइसकेको, गठबन्धनको कोटामा नपर्दा राजेश्वर प्रसाद साह र धनलाल ठोकर उम्मेदवारी दिएका छैनन भने कोटामा नपर्दा नागेन्द्र प्रसाद सिन्हाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । 

गठबन्धनको चुनावी तालमेलले पार्टीबाट टिकट नपाउँदा लोसपाकी सुरिता कुमारी साहले महोत्तरी २ (ख) बाट, एमालेका किशोरी साह कमल धनुषा १ (क), जसपाका जन्नत अन्सारी पर्सा १ (क) बाट, कांग्रेसका नागेन्द्र प्रसाद यादव रौतहट २ (क) बाट, लोसपाका बाबुलाल साह कानू रौतहट १ (क) बाट, पछिल्लो कार्यकालमा समानुपातिकबाट आएकी जसपाकी करिमा बेगमले पर्सा २ (ख)  र जसपाका शारदा शंकर प्रसाद बारा २ (क) बाट स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।

गठबन्धन चुनावी तालमेलले लोसपाका गौरी नारायण साह, कांग्रेसका धनलाल ठोकर, माओवादीका रामकुमार यादव र नेकपा एसका सुन्दर बहादुर विश्वकर्माले अवसर पाएको छैन भने माओवादीका दिलिप साहको ठाउँमा महेन्द्र पासवान, कांग्रेसका राजेश्वर साहको ठाउँमा श्याम पटेल, एमालेका लगनलाल चौधरीको ठाउँमा राजेन्द्र चौधरी र एमालेकै सत्यनारायण मण्डलको ठाउँमा राजकुमार तेलीलाई अवसर दिइएकाले तिनीहरु दोश्रो कार्यकालका लागि वञ्चित भएका छन् ।

गत २०७४ सालको निर्वाचनमा एमालेले १४, तात्कालिन संघीय समाजवादी पार्टीले २०, तात्कालिन राजपाले १५, कांग्रेसले ८, माओवादी ६ र एक जना स्वतन्त्रले प्रदेश सभामा प्रत्यक्षतर्फ सिट जितेका थिए । तर राजनीतिक बदलिंदो परिस्थितिले माओवादीबाट ३ जना कारवाही र २ जना स्थानीय तहको निर्वाचनमा भाग लिएपछि ५९ जना सदस्य मात्र रहन गएका थिए ।

दलीय फुटजुटपछि प्रत्यक्षतर्फ तात्कालिन सपा र राजपा मिलेर गठित जसपाको २४, जसपाबाट फुटेर गठित लोसपाको ११, कांग्रेसको ७, एमालेबाट फुटेर गठित नेकपा एसको ९ माओवादीको ३ र एमालेको ५ जना प्रत्यक्षपतर्m उम्मेदवारी दर्ता अघिसम्म प्रदेश सांसद थिए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x