आइसोलेसन सेन्टर बनाउन स्थानीय तहलाई आग्रह गर्ने प्रदेश सरकारको निर्णय
फाइल तस्बिर
जनकपुरधाम : प्रदेश २ सरकारले प्रत्येक स्थानीय तहमा आइसोलेसन सेन्टर बनाउन आग्रह गर्ने निर्णय गरेको छ । प्रदेशस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समन्वय समितिको बसेको बैठकबाट हाल बढ्दै गएको संक्रमणको दरलाई दृष्टिगत गर्दै प्रत्येक स्थानीय तहमा आइसोलेसन सेन्टर बनाउन स्थानीय तहहरूलाई आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकबाट बढ्दै गएको संक्रमणको नियन्त्रण तथा रोकथामका लागि साबून पानीले हात धुने, सेनिटाइजर प्रयोग र भौतिक दूरी कायम गर्नेलगायतका मापदण्ड पालना गर्न सम्बन्धित निकायलाई जनचेतनामूलक कार्यक्रम गर्न लगाउनेसहितका ५ बुँदे निर्णय गरेको छ ।
यसका साथै जनकपुरधामको मुजेलियास्थित मणिपाल कलेजमा कोभिड अस्पताल निर्माणका लागि माग आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बजेट निकासा गर्ने र कोभिड-१९ को रोकथाम उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउन स्रोतको कमी हुन नदिन सामाजिक विकास मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
कोभिड-१९ को रोकथाम उपचार तथा नियन्त्रणलाई प्रभावकारी बनाउन अस्पताल तथा प्रयोगशालाका लागि आवश्यक जनशक्ति पहिचान गरी जिल्ला संकट व्यवस्थापन समितिको सिफारिससहित व्यवस्थापनका लागि समाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरिएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया