मधेशमा ३४ लाखन्दा बढी मतदाता, कुन जिल्लामा कति ?
जनकपुरधाम । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मधेश प्रदेशमा ३४ लाख ८४ हजार ६ सय २८ मतदाता भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार मधेशमा महिला भन्दा पुरुष मतदाताको संख्या बढी रहेको छ । आयोगका अनुसार प्रदेशमा महिला १५ लाख ५८ हजार सात सय चार र पुरुष मतदाता १८ लाख २७ हजार आठ सय ५४ रहेको छ भने अन्य तेश्रो लिंगी ७० जना अन्य मतदाता रहेको छ ।
सप्तरीमा चार लाख १८ हजार तीन सय ७४ कुल मतदाता छन् । पुरुष दुई लाख १७ हजार दुई सय ८२, दुई लाख दश हजार ७१ महिला र २१ जना अन्य मतदाता रहेका छन् । सिरहामा चार लाख २२ हजार १२ कुल मतदाता मध्ये दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६ सय ११ महिला र दुई जना अन्य मतदाता रहेको आयोगले जनाएको छ ।
त्यस्तै धनुषामा दुई लाख ५१ हजार ९ सय १५ पुरुष, दुई लाख २१ हजार ६ सय ६५ महिला र सात जना अन्य गरी कुल चार लाख ७४ हजार पाँच सय ८७ मतदाता रहेका छन् । त्यस्तै, महोत्तरीमा दुई लाख १५ हजार एक सय ३१ पुरुष, एक लाख ८१ हजार आठ सय ८९ महिला र एक अन्य गरी कुल तीन लाख ९७ हजार ३० मतदाता छ ।
सर्लाहीमा पुरुष दुई लाख ५९ हजार चार सय १४, दुई लाख १९ हजार ६ सय १४ महिला र दश जना अन्य मतदाता गरी कुल चार लाख ७९ हजार ३८ मतदाता रहेका छन् । रौतहटमा पुरुष दुई लाख २७ हजार दुई सय २९, महिला एक लाख ८८ हजार दुई सय २५ र अन्य एक गरी कुल चार लाख १५ हजार चार सय ५५ मतदाता रहेका छन् ।
बारामा पुरुष दुई लाख ३६ हजार आठ सय ८०, महिला एक लाख ९६ हजार ६ सय १२ र अन्य १२ गरी कुल चार लाख ३३ हजार पाँच सय चार रहेका छन् । पर्सामा पुरुष एक लाख ९४ हजार ९ सय ४, महिला एक लाख ५१ हजार आठ र अन्य १६ गरी कुल तीन लाख ४५ हजार ९ सय २८ मतदाता रहेका छन् ।
मधेश प्रदेशमा ६४ वटा प्रदेशसभा र ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । प्रदेशमा दुई हजार एक सय ५६ मतदान स्थल र चार हजार दुई सय ३५ मतदान केन्द्र कायम भएको आयोगले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया