महोत्तरीमा एक महिनामा दुर्घटनामा परि १० जनाकाे मृत्यु
महोत्तरी- ट्राफिक प्रहरी महोत्तरीको कारबाही बढे पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाले ज्यान गुमाएका छन् भने ३ दर्जनभन्दा बढी दुर्घटना भएका छन् ।
विशेषगरी जिल्लाको पूर्व-पश्चिम राजमार्ग, सम्सी सडक खण्ड तथा औरही-जलेश्वर सडक खण्डमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।
ट्राफिक कार्यालय महोत्तरीको तथ्यांकअनुसार असोज महिनामा मात्र १० जनाले ज्यान गुमाए । तीव्र गति, मदिरा सेवन जस्ता दुर्घटनाका मुख्य कारक रहेको ट्राफिक कार्यालयका प्रमुख उदय सिंह सिजापति बताउँछन् ।
साउन महिनामा ३ जना र भाद्र महिनामा पनि तीन जनाले ज्यान गुमाएका छन् भने घाइते हुनेको संख्यासमेत अधिक छ ।
ज्यान गुमाउनेहरूमा दुई जना महिलाबाहेक अधिकांश पुरुष छन् । असोज महिनामा मात्र दुर्घटनामा परी दुई जना महिलाको ज्यान गयो ।
दुर्घटना कै कारण २२ जना गम्भीर घाइतेसमेत भएका छन् । साउन महिनामा ७ जना, भदौ महिनामा ९ जना र असोज महिनामा ६ जना गम्भीर घाइते भएको कार्यालय प्रमुख सिजापतिको भनाइ छ ।
त्यसैगरी सामान्य घाइते हुनेको संख्यासमेत अधिक छ । विभिन्न सडक खण्डमा भएको दुर्घटनामा ३५१ जना सामान्य घाइते भएका छन् ।
यता प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही प्रक्रिया समेत तीव्र बनाएको छ । तर, दुर्घटना न्यूनीकरणमा भने खासै प्रभाव परेको देखिएको छैन ।
साउनदेखि यता प्रहरीले २०४१ वटा ट्रक, २५३ वटा बस, १८९७ वटा जिप कार, २४६ वटा मोटरसाइकल, ३२९६ वटा ट्याक्टर र १६६ वटा टेम्पोलाई कारबाही गरेको छ । कारबाही परेका सवारीसाधनबाट झण्डै ५४ लाख राजस्व उठेको कार्यालय प्रमुख सिजापतिले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया