मधेशमा पहिले हारेका २१ उम्मेदवार गठबन्धनबाट फेरि चुनावी मैदानमा
जनकपुरधाम। आसन्न निर्वाचनका लागि मधेश प्रदेश सभामा गठबन्धन दलहरुबाट उम्मेदवारी दिएका मध्ये २१ जना उम्मेदवार यस्ता छन् जसले अघिल्लो निर्वाचनमा पराजित भएका थिए । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रतिपक्षीसहितका गठबन्धनबाट पछिल्लो निर्वाचनमा भाग लिए पनि अवसर पाउन नसकेका स्वतन्त्रबाट ३, एमालेबाट एक, माओवादीबाट ६, तात्कालीन राजपाबाट २, कांग्रेसबाट ५ र तत्कालीन सपाबाट ४ जना उम्मेदवार रहेका छन् ।
गत निर्वाचनमा प्रदेशका सभा सदस्यका लागि स्वतन्त्र र विभिन्न दलसहितका चुनाव लडेपनि अवसर पाउन नसकेकाहरुमा गत निर्वाचनमा सप्तरी १ (१) मा तत्कालीनबाट राजपाबाट चुनाव लडेका राजकुमार लेखी जसले एमालेका सत्यनारायण मण्डलबाट पराजित भएका थिए । यो पटक उनी एमालेबाट निर्वाचनमा भाग लिएका छन ।
सप्तरी १ (२) मा कांग्रेसबाट बाट बद्रीनारायण महत्मान यादव, सप्तरी २ (१) मा सरोजकुमार मण्डल जो गत निर्वाचनमा माओवादीबाट लडेर राजसपाका नवलकिशोर साहसँग पराजित भएका थिए । यस पटक उनी लोसपाबाट उम्मेदवार बनेका छन् । सप्तरी २ (२) मा जसपाका लक्ष्मण यादव गत निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार बनेका थिए भने ३ (२) मा कांग्रेसका भगवतीप्रसाद यादव जो राजपाका विदेश्वर प्रसाद यादवसँग पराजित भएका थिए ।
सिरहाको क्षेत्र नं. २ (१) बाट गत निर्वाचनमा जसपाका विजय यादवसँग पराजित भएका माओवादीका जीवछ कुमार यादव यस पटकको निर्वाचनमा पनि भाग लिएका छन् । सिरहाको ३ (१) मा गत निर्वाचनमा तत्कालीन सपाबाट चुनाव लडेका मनोज कुमार सिंह यसपटक एमालेबाट उम्मेदवार बनेका छन । सिरहाकै ४ (१) बाट गत निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार बनेका प्रकाश महासेठ यस पटक माओवादीबाट उम्मेदवार बनेका छन् ।
महोत्तरीमा क्षेत्र नम्बर १ (२) बाट गत निर्वाचनमा कांग्रेसका उम्मेदवार बनेका रामश्रेष्ठ महतो यस पटक जसपाबाट उम्मेदवार बनेका छन् । सर्लाही १ (१) मा रामचन्द्र कुशवाहा गत र यसपटक दुवै निर्वाचनमा माओवादीबाटै उम्मेदवार बनेका छन भने ४ (१) मा गत निर्वाचनमा राजपाबाट चुनाव लडेका रामबाबु राय यसपटक एमालेबाट उम्मेदवार बनेका छन । यस्तै ४ (२) मा यस पटक उम्मेदवार बनेका माओवादीका फकिरा महतो गत निर्वाचनमा क्षेत्र नं. ४ (१) बाट चुनाव लडेका थिए । रौतहटको १ (१) बाट कांग्रेसका नागेन्द्र साह यस पटक पनि उम्मेदवार बनेका छन । गत निर्वाचनमा उनी राजपाका बाबुलाल साह कानूसँग पराजित भई तेश्रो स्थान ल्याएका थिए । बाराको ३ (१) मा जसपाका भरत बहादुर खड्काले पनि उम्मेदवारी दोहर्याएका छन्। उनी गत निर्वाचनमा स्वतन्त्रबाट चुनाव लडेका थिए ।
३ (२) मा कांग्रेसका जयचन्द्र प्रसाद चौरसिया गत निर्वाचनमा सपाका पारस प्रसाद साहसँग पराजित भएका थिए । यस्तै पर्साको १ (१) मा माओवादीका रहवर अन्सारीले यस पटक पनि उम्मेदवार बनेका छन् । गत निर्वाचनमा उनी सपाका जन्नत अंसारीसँग पराजित भई तेश्रो स्थान ल्याएका थिए भने १ (२) मा कांग्रेसबाट उम्मेदवार बनेका रानारायण प्रसाद कुर्मी गत निर्वाचनमा क्षेत्र नम्बर १ (१) बाट सपाको जन्नत अन्सारीसँग पराजित भएका थिए ।
पर्सा ३ (१) मा माओवादीबाट उम्मेदवार बनेका छोटेलाल प्रसाद यादव गत निर्वाचनमा माओवादीबाटै क्षेत्र नम्बर ३ (२) बाट सपाका प्रहलाद गिरीसँग पराजित भई तेश्रो स्थान ल्याएका थिए । ३ (२) मा कांग्रेसबाट उम्मेदवार बनेका जर्नादनसिंह क्षेत्री सपाका प्रहलाद गिरीसँग पराजित भई प्रतिष्पर्धी बनेका थिए भने ४ (१) मा एमालेबाट उम्मेदवार बनेका जयप्रकाश थारु गत निर्वाचनमा कांग्रेसका शंकर प्रसाद चौधरीसँग पराजित भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया