Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

मधेश

मतदान कसरी गर्ने थाहा छैन

इकागज |
मंसिर ३, २०७९ शनिबार १७:४ बजे

सप्तरी- मतदान सुरु हुन केही घण्टा मात्रै बाँकी हुँदा समेत सप्तरीमा मतदाता शिक्षा दिन काेही पुगेका छैनन् । मतदाता शिक्षा दिनेहरू गाउँ टोलमा नपसेपछि भाेलि कसरी मतदान गर्ने हाेला भनेर अलमलमा परेकाे राजविराज नगरपालिका-२ राजदेवी टोलकी सकिना खातुनले बताइन्।

उनले भनिन्,´यसपालि मत कसरी हाल्ने ? थाहा नै छैन । पहिले पहिले त मतदाता शिक्षा दिन घरघर आईपुग्थे । यसपालि त काेही आएनन् ।' 


राजविराज-४ मस्जिद टोलकी सुनिताकुमारी परियारले पनि मतदान गर्ने प्रक्रिया विषयमा अनभिज्ञ रहेको बताइन् । उनले भनिन्,´मलाई भाेट हाल्नु भनेर त धेरै आए । तर, मत कसरी हाल्ने कसैले सिकाएनन् ।' सिंगाे परिवार नै मत हाल्ने विषयमा अन्योल रहेको उनको भनाइ छ ।

पाँच वर्षमा चुनाव आउँछ । मत हाल्ने तरिका सधैं फरक हुन्छ । उस्तै भए पनि पाँच वर्षको कुरा याद नरहने मतदाताहरूकाे भनाइ छ । राजविराज- २ तितरीगाछीकी ८० वर्षीया सावित्री देवी देवले मतदाता शिक्षा नदिएका कारण भाेट खसाल्न जानु की नजानु भएकाे बताइन् । 

उनले भनिन्,´हामी त झन वृद्धा अवस्थामा पुग्यौं हामीलाई सिकाएन भने हाम्रो उमेरको व्यक्तिले मत हाल्न सक्ने अवस्था छैन ।' तर, पनि चुनाव प्रचारप्रसारतर्फ अत्यधिक समय खर्चिने उम्मेदवारहरू मतदाता शिक्षातर्फ ध्यानाकर्षण नगरेको उनको भनाइ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले पनि मतदाता शिक्षाप्रति चासो नदेखाएकले मत हाल्ने पूर्वसन्ध्यामा मतदाताहरू मतदान गर्ने तरिकाबारे अन्योलमा रहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ  छ । न्युज कारखाना

 


Author

थप समाचार
x