मधेश

प्रदेश २ मा २५ जना भन्दा बढी भेला हुन नपाइने

इकागज |
बैशाख ११, २०७८ शनिबार १८:४१ बजे

जनकपुरधाम : बढदै गएको कोरोना संक्रमणको दृष्टिगत गर्दै प्रदेश २ सरकारले कुनैपनि सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी भेला गर्न नपाइने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले शनिबार आफनै निवास परिसरमा सर्वदलीय बैठक आयोजना गरि २५ जना भन्दा बढी सहभागी  हुने, सांस्कृतिक, धार्मिक, राजनीतिक गतिविधिहरुलाई स्थानीय प्रशासनको सहयोगमा कडाईका लागी रोक्ने निर्णय गरेको छ । 

त्यस्तै कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमहरुलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सर्वदलीय संयन्त्र गठन समेत गरेको छ । सरकारले हाल सम्म चालेको कदमहरु बारे जानकारी गराउँदै थप सहयोग र सहकार्यका लागि सर्वदलिय संयन्त्र गठन गरेको हो ।


समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा गठित उक्त सर्वदलीय संयन्त्रमा नेकपा एमाले संसदीय दलका नेता शत्रुधन महतो, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरत साह र जसपाका सचेतक परमेश्वर साह, प्रदेश सभा सदस्य राम अशिष यादव रहेको छ ।
 


Author

थप समाचार
x