मधेश

वीरगंजमा थप दुई कोभिड–१९ संक्रमितको मृत्यु

इकागज |
बैशाख १४, २०७८ मंगलबार १२:५४ बजे

फाइल तस्‍बिर

वीरगंज : वीरगन्जमा एकै दिन दुई जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । वीरगन्जको नारायणी अस्पतालमा बाराका एकजना र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२ का ४० वर्षीया महिलाको मंगलबार बिहान नारायणी अस्पतालमा मृत्यु भएको हो ।

नारायणी अस्पतालमा बैशाख ९ गते भर्ना गरिएकोमा उनको सोही दिन पीसीआर परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड स्रोत व्यक्ति डाक्टर सरोज रोशन दासले जानकारी दिए । संक्रमित महिलाको मंगलबार बिहान करिब साढे एक बजेतिर मृत्यु भएको डाक्टर दासले बताए । उनमा कडा खालको निमोनियासहित श्वास प्रश्वासमासमेत समस्या देखिएको थियो । 


त्यस्तै वीरगन्जमा अर्को एक महिलाको पनि कोरोना संक्रमणमका कारण मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२५ कि ६५ वर्षीया महिलाको कारण मृत्यु भएको हो । बैशाख १३ गते सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको ती महिलाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको थियो । उनको १४ गते मंगलबार करीब बिहान ३ बजे नारायणी अस्पतालमा उपचारका क्रममा मृत्युु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिए ।  कोरोनाको दोश्रो लहर सुरु भएयता संक्रमणका कारण वीरगन्जमा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।


Author

थप समाचार
x