मधेश

वीरगन्ज महानगरले हटायो दैनिक ज्यालादारी कर्मचारी

इकागज |
पुस १, २०७९ शुक्रबार १८:५७ बजे

वीरगन्ज- वीरगन्ज महानगरपालिकाले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई सेवाबाट हटाएको छ ।

बिहीबार महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरपालिकाको कार्यालय र यस अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई पुस १ गते शुक्रबारदेखि सेवाबाट हटाइएको जनाएको छ ।


महानगरपालिकाको नगर कार्यापालिकाको मंसिर २६ गतेको निर्णयअनुसार महानगरपालिकाको कार्यालय, यस मातहतका सबै वडा कार्यालय, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दैनिक ज्यालादारीमा कार्यरत वारुणयन्त्र शाखा र नगर प्रहरीबाहेक अरू सबै कर्मचारीलाई पुस १ गतेबाट लागू हुनेगरी ज्यालादारी सेवाबाट हटाइएको सूचनामा उल्लेख छ ।

गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरू आएपछि महानगरपालिकाले दैनिक ज्यालादारीमा ४५० जनाभन्दा बढी कर्मचारीलाई नियुक्त गरेको थियो।

महानगरका प्रशासन महाशाखा प्रमुख रामकुमार कुशवाहाले लक्षित काम सकिएसँगै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूको समयावधि नथपिएको बताए ।


Author

थप समाचार
x