मधेश

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

इकागज |
बैशाख १५, २०७८ बुधवार ११:३५ बजे

प्रतिकात्‍मक तस्‍बिर

सप्तरी : टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ । नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्वसदस्य हुन् ।

सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक यही वैशाख ५ गते ना ५ ख ७५१७ नम्‍बरको टिपरले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो । घाइते खङ्गको नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।
 



Author

थप समाचार
x