मधेश

वडा अध्यक्षले नै अतिक्रमणमा परेको जग्गा फिर्ता गर्दै

इकागज |
पुस १३, २०७९ बुधबार २१:२९ बजे

महोत्तरी - महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ ।

पाटु स्थित जन जागृत माद्यामिक विद्यालयको नै स्वामित्वमा रहनेगरी वडा अध्यक्ष बिराट बिष्टले १८ बिघा ६ धुर जग्गाको विवाद टुंग्याएका हुन्  ।


लामो समयदेखी  जोतभोग गर्दै आएको दावी गर्दै व्यक्तिले नै अधिग्रहण गरेको उक्त जग्गाको विवाद टुंग्याउदै अध्यक्ष बिष्टले बुधबार नै स्थानीय कुमार प्रसाद घिमिरेको संयोजकत्वमा समिती समेत बनाएका छन ।

विभिन्न ब्यक्तीले अधिग्रहण गरेको उक्त जग्गामा पोखरी र सौन्दर्यकरण गरेर पर्यटनस्थल निर्माण गर्ने अध्यक्ष बिष्टले जानकारी दिए ।

स्थानीय उपभोक्ता र विद्यालयले नै संरक्षण गर्दै आएको उक्त जग्गामा पार्क समेत निर्माण गरि स्थानीयहरुको लागि आयआर्जनको वातावरण सिर्जना गर्ने तयारी गरेका छौं,ञ अध्यक्ष बिष्टले भने ।

रातु नदिको तटिय क्षेत्रमा रहेको उक्त जमिन केही स्थानीयहरुले फडानी गरेर वाली लगाइएको पाइएको छ । यो निर्णयसगैँ मनलागी  अतिक्रमण गर्ने स्थानीयहरुमा समेत नियन्त्रण हुने बिश्वास लिइएको छ ।

जस्ले अतिक्रमण गरेर उक्त जग्गामा वालीनाली लगाएका छन अब उनिहरुलाई हटाइनेछ, अध्यक्ष बिष्टले भने ।झ

नगरमा नै  सबैभन्दा बढी बर्दिबास(३ मा भु(माफियाहरुको चलखेल बढेको विभिन्न तथ्यहरु सार्वजनिक भैइरहेको बेला वडा अध्यक्ष बिष्टले लिएको पहलकदमीलाइ निक्कै सकारात्मकरुपमा लिइएको छ ।

स्वयम अध्यक्ष बिष्टले पनि सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको संख्या बढिरहेको बताउँदै चिन्ता ब्यक्त गर्दै आएका छन् ।


Author

थप समाचार
x