मधेस प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गते
जनकपुरधाम- मधेस प्रदेश सभाको पहिलो अधिवेशनको बैठक पुस १८ गतेका लागि आह्वान गरिएको छ ।
बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभा अधिवेशनका लागि सिफारिस पत्र बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रलाई बुझाएका थिए ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकबाट प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरूप नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख मिश्रबाट प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।
मधेस प्रदेशमा १ सय ७ जना सांसद छन् । मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनबाट १० दलले प्रतिनिधित्व गरेका छन् भने नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ भने नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया