मधेश

चिसाे जाेखिम व्यवस्थापनका मधेशका हरेक जिल्लालाई ८/८ लाख दिइने

इकागज |
पुस २२, २०७९ शुक्रबार १६:१६ बजे

जनकपुरधाम । शीतलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि मधेस प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई ८ लाख रूपैयाँकाे दरले दिने निर्णय गरेकाे छन् ।

प्रदेश विपद् व्यवस्थापन समितिकाे शुक्रबार बसेकाे बैठकबाट चिसोको जोखिम न्यूनीकरणका लागि प्रदेश विपद् पिडित उद्दार तथा राहत कोषबाट प्रदेशका आठवटै जिल्ला विपद् व्यवस्थापन समितिलाई सो रकम उपलब्ध गराइने निर्णय गरिएको हो । उक्त रकम अपुग भएमा मागको आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिने गृह तथा सञ्चार मन्त्री भरत साहले जानकारी दिएका छन् ।


विपद् जोखिम न्यूनीकरणका लागि हालसम्म भएका गतिविधिको सन्तोषजनक रहेको मूल्यांकन गर्दै आगामी दिनमा समेत विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरु बीच समन्वय थप गरी अझ प्रभावकारी बनाउने निर्णय समेत गरिएको मन्त्री साहले बताए । चिसो लगायत विपद्का अन्य घटनाबाट मृत्यु भएकाे कुरा स्थानीय प्रशासन वा प्रदेश प्रहरी कार्यालयबाट पुष्टिसहितकाे प्राप्त विवरणकाे आधारमा पीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति मार्फत राहत वितरणको व्यवस्था मिलाउने निर्णय गरिएकाे उनले जानकारी समेत दिए ।


Author

थप समाचार
x