मधेश

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

इकागज |
पुस २७, २०७९ बुधबार १२:४८ बजे

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् । जसपाको मधेस प्रदेश संसदीय दलका नेता रहेका यादव प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेका हुन् ।  

यादवले मुख्यमन्त्रीका लागि  ६३ सांसदको समर्थन सहितका दावी पेस गरेका थिए । यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन थियो । यसका अतिरिक्त स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत यादवलाई समर्थन गरेका हुन् ।


जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १÷१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित  कुल ६३ जना प्रदेशसभा सदस्यहरुको लिखित समर्थन थियो । 

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिने थियो । 


Author

थप समाचार
x