मधेश

प्रदेश लोक सेवालाई मुख्यमन्त्रीको निर्देशन : तुरुन्त कर्मचारी भर्ना गर्नू !

इकागज |
बैशाख १७, २०७८ शुक्रबार २०:११ बजे

जनकपुरधाम : प्रदेश-२का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । प्रदेश लोकसेवा आयोगले गरिरहेको कामकाजबारे जानकारी लिने उद्देश्यका साथ मुख्यमन्त्री निवास मधेश भवनमा बसेको बैठकमा मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।

आयोगले कर्मचारी भर्ना सम्बन्धी क्यालेण्डर जारी गरेकोमा धन्यवाद दिँदै मुख्यमन्त्री राउतले क्यालेण्डर अनुसार नै कर्मचारी भर्ना प्रक्रिया सुरु गर्नुपर्ने बताए । छलफलमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष लगायतका पदाधिकारी एवं सचिवले आयोगले गर्दे आएको कामकाज बारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ्ग गरेका थिए ।



Author

थप समाचार
x