मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासकाे मत लिने
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सराेजकुमार यादवले बुधबार विश्वासकाे मत लिने भएका छन् ।
माघ २ गते साेमबार विश्वासकाे मत लिने कार्यतालिका रहेकाेमा आइतबार पाेखरामा भएकाे विमान दुर्घटनाले आजका लागि कार्यतालिका ताेकिएकाे थियाे ।
तर, आज सभामुख चयनकाे कार्यक्रम नै ढिलाे गरी संचालन हुँदा आवश्यक तयारी पूरा नभएकाे भन्दै बुधबारका लागि कार्यतालिका ताकिएकाे प्रदेश सभाका अध्यक्ष ज्येष्ठ सदस्य गाेविन्दबहादुर न्याैपानेले जानकारी दिएका छन् ।
७२ जनाकाे समर्थन रहँदै गर्दा कांग्रेसले पनि समर्थन दिने भएसँगै अब मुख्यमन्त्री यादवसँग ९४ मत रहेकाे छ ।
मुख्यमन्त्री बन्दा यादवको पक्षमा नेकपा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका थिए ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेश सभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । यसलाई आधार मान्ने हो भने १०७ सदस्यीय प्रदेश सभामा नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना मात्र प्रतिपक्षमा हुने छन् र ९४ जनाको समर्थन उनलाई रहनेछ ।
यसअघि मुख्यमन्त्री यादवले आजै नेपाली कांग्रेससँग विश्वासको मत मागेका थिए । मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
गत २६ पुसमा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बन्यो । त्यही दिन जसपा, नेकपा एमाले र जनमत पार्टीबाट क्रमशः संजय यादव, सरोजकुमार यादव र बसन्त कुशवाहाले विनाविभागीय मन्त्रीको शपथ लिए । १० वटा मन्त्रालय रहेको मधेश प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया