मधेश प्रदेशको उपसभामुखमा बबिता निर्वाचित
जनकपुरधाम- मधेश प्रदेशको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट जनमत पार्टीकी बबिताकुमारी राउत इसर निर्वाचित भएकी छन् ।
जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी इसरलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी बाहेकका प्रदेशसभा सदस्यहरूले साथ दिएपछि सहजै निर्वाचित भएकी हुन् ।
मत विभाजन प्रकृयाबाट इसरको पक्षमा ७२ प्रदेशसभा सदस्यहरूले मत दिएका थिए । त्यस्तै उनको विपक्षमा २९ प्रदेशसभा सदस्यहरूले मत दिएका थिए ।
पसभामुखको निर्वाचनमा १ सय १ जना प्रदेशसभा सदस्यहरू सहभागी भएका थिए । इसरको पक्षमा बहुमत सदस्यहरूको मत परेपछि नेकपा एकीकृत समाजवादी पार्टीकी बेची लुंगेलीले दिएकी उम्मेदवारी प्रदेशसभामा निर्यायार्थ सदनमा पेश हुन सकेन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया