मधेस प्रदेशसभाका सभामुख र उपसभामुखले लिए शपथ
काठमाडाैँ । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
बुधबार बिहान मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सभामुख मण्डल र सभामुख मण्डलले उपसभामुख ईशरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
उपसभामुख इशरले भने हिन्दी भाषामा शपथ लिएकी थिइन् । सपथ ग्रहण समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मन्त्रीहरुसहितको सहभागिता रहेको थियो ।
गत मंगलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल १०७ सदस्यीय प्रदेशसभामा १०३ जनाले मत विभाजन प्रक्रियामा सहभागिता जनाएका थिए । मण्डललाई सत्ता गठबन्धन दल एमाले, जसपा, माओवादी केन्द्र, जनमत, लोसपा, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र संसादहरुको समर्थन थियो । प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, माओवादीका ७, लोसपाका ९, नेकपा एकीकृत समाजवादीका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र ५ जना सांसदहरु निर्वाचित भएका छन् ।
प्रदेशसभाका सभाध्यक्ष (ज्येष्ठ सदस्य) गोविन्दबहादुर न्यौपानेले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाएनन् । सभामुखमा चयन हुन ५२ मत आवश्यक रहेकोमा मण्डलको पक्षमा ७४ मत परेको थियो । उनको विपक्षमा २९ मत खसेको थियो ।
यसैगरी जनमत पार्टीकी उम्मेदवार बबिताकुमारी राउत ईशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो । उनको विपक्षमा २९ मत खसेको थियो । उपसभामुखको निर्वाचन प्रक्रियामा १०१ सांसदले सहभागिता जनाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया