मधेश आन्दोलनका घाइतेले घेरे मन्त्रीलाई
जनकपुरधाम- मधेश सरकारका नवनियुक्त मन्त्री संजय यादवलाई मधेश आन्दोलनका घाइतेहरूले घेराउ गरेका छन् ।
बिहीबार बलिदानी दिवसका अवसरमा मधेश सरकारका मधेशी शहीद प्रतिष्ठानले मधेश भवनभित्र आयोजना गर्न लागेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन गइरहेका मन्त्री यादवलाई कार्यक्रम स्थल अगाडि नै धर्ना दिएर घेराउ गरेका थिए ।
उनीहरूले सरकारले गरेको प्रतिबद्धता अनुसार मधेश आन्दोलनका घाइतेहरूलाई कुनै सहयोग नगरेको आरोप लगाएका छन् ।
मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूको स्मरणमा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाउँदै आएका छन् । सो अवसरमा आयोजित कार्यक्रममा ६१ जना शहीद परिवार र एक जना मात्र आन्दोलनका घाइतेलाई दुई/दुई लाख राहत वितरण भइरहेको खबर पाएपछि घाइतेहरू सो कार्यक्रम घेराउ गर्न पुगेका थिए ।
कार्यक्रममा सहभागी हुन गइरहेका प्रमुख अतिथि नवनियुक्त मन्त्री यादवलाई कार्यक्रम स्थलको मुख्यद्वारमै घेरेका थिए । आन्दोलनको जगमा मधेश केन्द्रितहरूले सत्ता प्राप्त गरL मधेश सरकारको नेतृत्व गरिरहेको तर आन्दोलनका घाइतेहरूलाई अवमूल्यन गर्ने गरेको भन्दै आफूहरूले पनि राहत पाउनुपर्ने माग मन्त्री समक्ष राखेका थिए ।
मन्त्री यादवले आन्दोलनका घाइतेहरूको यकिन गरी छिट्टै नै छुटेकाहरूका लागि राहतको व्यवस्थापन गर्ने प्रतिबद्वता गरेपछि उनीहरू धर्नाबाट उठेका थिए ।
आन्दोलनका घाइतेहरूले राहत पाउन शहीद नै हुनुपर्ने त्यस्तो कहीं कुनै कानुनमा व्यवस्था छैन । तर, संघीय सरकार जस्तै मधेश सरकारले पनि आफूहरूसँग विभेद गरेको आरोप लगाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया