मधेश

मधेस प्रदेश सभा बैठक फागुन २ मा

इकागज |
माघ २८, २०७९ शनिबार १९:५६ बजे

जनकपुरधाम- मधेस प्रदेशको प्रदेशसभा बैठक आगामी फागुन २ गतेका लागि आह्वान गरिएको छ ।

सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।


Author

थप समाचार
x