मधेश

'गठबन्धन जोगाउने/नजोगाउनेमा एमाले नै निर्णायक हो'

इकागज |
माघ २९, २०७९ आइतबार ८:९ बजे

महोत्तरी- गठबन्धन जोगाउने, नजोगाउने विषयमा नेकपा एमाले निर्णायक रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य गणेश साहले बताएका छन् ।

राष्ट्रपति निर्वाचनको बिषयमा माओवादी केन्द्रले स्वतन्त्र व्यक्ति खोजिरहेको बताउँदै नेकपा एमालेले पनि साथ दिनेमा उनले विश्वास व्यक्त गरे ।


माओवादी केन्द्रको नामको सम्बन्धमासमेत छलफल भइइरहेको मधेश प्रदेशका इन्चार्जसमेत रहेका साहले जानकारी दिए ।

मधेश प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकमा सहभागी हुन आएका नेता साहले विदेशी शक्तिको हस्तक्षेपले नै पछिल्लो समय माओवादी केन्द्र कमजोर बन्दै गएको आरोप लगाए ।

 


Author

थप समाचार
x