मधेश

संघीयता कसैले दिएको भिख होइनः मुख्यमन्त्री यादव

इकागज |
फागुन १, २०७९ सोमबार १५:५२ बजे

फाइल फोटो

जनकपुर - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताएका छन् । 

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको बताए । 


उनले स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधि सभामा निर्वाचन जितेका केही सांसदहरुले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरु कसैले दिएको भिख नभएको जिकिर गरे । उनले मधेस प्रदेशका नागरिक रहेसम्म संघीयता रहीरहने दाबी गरे । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले इमान्दारका साथ प्रहरी समायोजन र निजामति ऐन लगायतका कानुनहरु पास गर्नेमा विश्वस्त रहेको बताए । 

उनले भने, ‘म प्रधानमन्त्रीज्युलाई भन्न चाहन्छु, तपाई पनि इमान्दारका साथ कानूनहरु जुन विगतका सरकारबाट अड्किएको छ, प्रहरी समायोजन लगायत निजामति ऐन, लगायत नागरिकता विधेयक सम्बन्धी, सबै तुरुन्त लागू गरेर संघीयतालाई मजबुत बनाइदिनु हुन्छ भन्ने मलाई विश्वास छ । यसले संघीयता बलियो हुनका साथै देशको विकासको रफ्तार बढ्छ । आजको दिनमा केही स्थानीय चुनावबाट आएका केही व्यक्ति र प्रदेश र प्रतिनिधि सभाबाट नयाँ आएका केही पार्टीका नेताहरु काठमाडौंमा बसेर संघीयता चाहिँदैन भनिरहेका छन्, म उहाँहरुलाई यहीँबाट खबरदारी गर्न चाहन्छु यो उनीहरुले दिएको भिख होइन । हजारौँ बलिदान पछि आएको संघीयता हो । जबसम्म मधेस प्रदेशका जनता रहन्छन् तबसम्म यो देशमा संघीयता रहन्छ । संघीयता जाने वाला छैन ।’ 

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना शहीद परिवारलाई एक लाख रुपौयाँका दरले रकम हस्तान्तरण गरेको छ ।
 


Author

थप समाचार
x