मधेश

बैंकमा खाता खाेल्ने विषयमा मधेस प्रदेश सभामा विवाद

इकागज |
फागुन ३, २०७९ बुधबार १५:४९ बजे

जनकपुरधाम । प्रदेश सभा सदस्यहरूकाे बैंकमा खाता खाेल्ने सम्बन्धमा मधेश प्रदेश सभामा विवाद भएकाे छ । मंगलबार सर्वदलीय सहमति अनुसार प्रदेश सभा सदस्यहरूलाई आह्वान गरिएकाे थियाे ।

साे सहमति अनुसार नेपाली कांग्रेस संसदीय दलले मेगा बैंकका प्रतिनिधिलाई बाेलाएकाे थियाे । तर सुरक्षाकर्मीले एनएमबी बैंकबाहेक अरू बैंक प्रतिनिधि आदेश छैन भनेर प्रवेश गर्न नदिएपछि विवाद उत्पन्न भएकाे हाे । प्रहरीले बिहान ११ बजेदेखि २ बजेसम्म सभा सञ्चालन नभएसम्म ती बैंक प्रतिनिधिलाई भित्र छिर्न नदिएपछि कांग्रेसका प्रदेश सभा सदस्यहरूले प्रदेश सभाकाे मूल गेटमा उभिएर धर्ना दिए ।


आफ्नाे अतिथिलाई प्रवेश गर्न नदिइएकाे भनेर कांग्रेसका प्रदेश सभा सदस्यहरूले सभा अवरूद्ध गरेपछि १० मिनेटका लागि सभा स्थगित गरिएकाे थियाे । सभा अवरूद्धकै क्रममा सभामुख रामचन्द्र मण्डलले अतिथि भन्दै कसैले बम लिएर आएमा त्यसलाई कसरी छिर्न दिने अभिव्यक्ति दिएपछि कांग्रेस सभा सदस्यहरूले सदनभित्र सभामुख जस्ता जिम्मेवार व्यक्तिले अराजक अभिव्यक्ति दिनु गलत रहृेकाे भन्दै हाउस भित्रै विराेध जनाएका थिए ।

पछि सभामुख मण्डलसँग आफूखुशी जुन बैंकमा खाता खाेलाउनुछ खाेलाउनु भन्ने सहमति भएपछि संसद सुचारू भएकाे थियाे । यता कांग्रेस प्रदेश सभा सदस्य शेषनारायण यादवले कमीशनकाे लागि सभामुखले पदीय अहम् देखाउँदै एनएमबी बैंकमा खाता खाेल्न भन्दै तानाशाही प्रवृत्ति देखाएकाे आराेप लगाएका छन् । उनले भने 'कहीं कतै कानुनी व्यवस्था छैन वा हामीलाई लिखित जानकारी पनि छैन फलानाे बैंकमै अथवा सभामुखले भनेका खाता खाेल्नु पर्छ । हाम्राे स्वतन्त्रता हाे ।' कुन बैंक खाता खाेल्ने वा कुन अतिथिलाई संसदीय दलकाे कार्यालयमा बाेलाउनु, तर सभामुखले आर्थिक लाभका लागि तानाशाही प्रवृति देखाउनु गलत भएकाे उनकाे भनाइ छ ।

विवादकाे जड प्रदेश सभाकाे खाता शुरूदेखि नै एनएमबी बैंकमा थियाे । प्रदेश सभा श्राेतका अनुसार मण्डल सभामुख भएपछि अर्काे बैंकमा खाता खाेल्ने कुरा भयाे । शुरूमा एभरेष्ट बैंकसंग कुरा भएकाे थियाे । कांग्रेसले मेगा बैंकमा खाेल्ने प्रस्ताव गरेकाे थियाे । यहीबीचमा एनएमबीले समेत थाहा पाएपछि सभामुख मण्डलसंग कुरा गरेर सहमति गराएकाे हाे । तर कांग्रेसले मानेन, उनीहरूले म आफ्ना सांसदहरूकाे खाता मेगामै खाेलाउँछु भनेर संसदीय दलकाे कार्यालयमा बाेलाएपछि गेटमै सभामुखकाे निर्देशनमा छिर्न नदिएपछि विवाद भएकाे थियाे ।


Author

थप समाचार
x