मधेश

सरस्वतीले जन्माइन् एकै पटक तीन सन्तान, पालनपोषणमा समस्या

इकागज |
फागुन १०, २०७९ बुधबार ७:१७ बजे

सप्तरी- सप्तरी जिल्लाक‍ो रुपनी गाउँपालिका एक महिलाले एकै पटकमा तीन सन्तानलाई जन्म दिएकी छिन् ।

रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने ओमरामकी पत्नी सरस्वती रामले एकै पटक तीन सन्तानलाई जन्म दिएकी हुन् ।


सरस्वतीले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार दिउँसो दुई जना छोरा र एक जना छोरी जन्म दिएक‍ो स्थानीय सन्तोष यादवले जानकारी दिएका छन् । दुई छोराको तौल क्रमशः १ किलो ६६० ग्राम र १ किलो ४८० ग्राम रहेको छ भने छोरीको तौल १ किलो ६६१ किलोग्राम रहेको छ ।

प्रसुती व्यथा लागेपछि उनलाई धरान लगिएको थियो । उनले पहिलो पटक बच्चा जन्माउँदा तीन सन्तान जन्म भएको हो ।

एकै पटक तीन बच्चाको जन्म दिएकी सरस्वतीको परिवारलाई आर्थिक अवस्था कमजोर भएका कारण बच्चाको पालनपोषण गर्न समस्या हुने भएकोले सहयोग गरिदिन यादवले सामाजिक सञ्‍जालमार्फत आग्रह गरेका छन् ।


Author

थप समाचार
x