मधेश

मधेश प्रदेश मुख्यमन्त्री कार्यालय घेराउ

इकागज |
फागुन ११, २०७९ बिहीबार १८:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ ।​

भूमिहीनहरूलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्नेलगायतका माग गर्दै अभियानले बिहीबारबाट मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो । सोही क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ ।


भूमिहीनलाई जग्गा देऊ, दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् । आफूहरूले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको अभियानमा संरक्षक सरोज रायले बताए । उनले भने, ‘आफूहरूको माग पूरा नभए अनिश्चितकालिनमा धर्नामा बस्न  बाध्य हुनेछौं ।’​

मधेश सरकारले आफूहरूले विगतमा राखेको पाँच सुत्रीय माग सम्बोधन गरेपछि सो आन्दोलन सुरु गर्न बाध्य हुनु परेको अभियानले जनाएको छ ।


Author

थप समाचार
x