मधेश

मधेसमा एमालेले सरकार नछाड्ने

इकागज |
फागुन १५, २०७९ सोमबार १५:७ बजे

जनकपुरधाम। मधेस प्रदेश सरकारमा नेकपा एमालेको समर्थन कायमै रहने भएको छ । सोमबार एमालेले संघीय सरकारबाट बाहिरिने निर्णय गरेपनि मधेस प्रदेशमा भने अहिले समर्थन कायमै रहने प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिएका छन् ।

भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका यादवले संचारकर्मीसंग कुरा गर्दै भने 'तत्काल मधेस सरकारलाई समर्थन कायम रहनेछ र हामी सरकारमै रहनेछाैं, पार्टीको केन्द्रीय निर्णयपछि मात्र केही निर्णयमा पुग्नेछाै ।'


मधेस सरकारमा हाल एमालेका चारजना मन्त्री र सभामुख छन् । १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा एमालेका २५ जना प्रदेशसभा सदस्य छन् । मधेसमा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता रहे पनि जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव एमालेसहित ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


Author

थप समाचार
x