करेन्ट लागेर एक बालकको मृत्यु
जनकपुरधाम : करेन्ट लागेर सर्लाहीमा एक ११ वर्षिय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको लालबन्दी नगरपालिका १० चन्द्रपुरका सुभाष बराईलीका ११ वर्षीय छोरा सुमन बराईली रहेका छन् ।
टिभी चलाउने क्रममा करेन्ट लागेर ती बालकको मृत्यु हुन गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । पारिवारिक स्रोतलाई उदृत गर्दै प्रवक्ता कुँवरले भने,'टिभी चलाउन विद्युतिय ज्याक जोडने क्रममा करेन्ट लागेर घाइते भएका ती बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया