मधेश

प्रशासकीय अधिकृत कुटिएको विरोधमा कर्मचारीहरूकाे 'पेनडाउन'

इकागज |
चैत २२, २०७९ बुधबार १७:२४ बजे

जनकपुरधाम। प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको विरोधमा धनुषाको धनौजी गाउँपालिकाका कर्मचारीहरू कामकाज ठप्प गरी आन्दोलनमा उत्रेका छन् । 
स्थानीय उपभोक्ता समितिका पप्पु राउतलगायतका व्यक्तिहरूले मंगलबार उपभोक्ता समितिको बक्यौता रकम माग गर्दै प्रमुख प्रशासकीय अधिकृत रञ्जित कुमार यादवलाई दुर्व्यवहार गरेको आरोप लगाउँदै दोषीलाई कारवाहीको मागसहित कर्मचारीहरू आन्दोलित भएका हुन् ।

उनीहरू बुधबारदेखि ‘पेनडाउन’ गरी वडा कार्यालयदेखि गाउँपालिकासम्मका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेका छन् । गाउँपालिकाका बारुण यन्त्र, स्वास्थ्यका आकस्मिक सेवा र विद्यालयमा अध्यापन बाहेकका सबै कामकाज ठप्प गरी कर्मचारीहरू कार्यालय अगाडि नै धर्नामा बसेका छन् । 


उपभोक्ता समितिका व्यक्तिहरूले प्रमुख प्रशासकीय अधिकृत यादवको टेबल तोडफोड गर्दै गालीगलौज सहितका दुव्र्यवहार गरेकाले काम गर्ने वातावरण नरहेको कारण दोषीमाथि कारवाही नभएसम्म आपूmहरू आन्दोलनमा रहने लेखापाल राधेश्याम रायले बताएका छन् । 

उनले भने- 'आफू अनुकुल काम गराउन उपभोक्ता समितिहरूले कर्मचारीसँग दुर्व्यवहार गरी मानसिक तनाव दिने क्रियाकलाप बन्द हुनुपर्ने सहित अधिकृत यादवसँग दुर्व्यवहार ​ गर्नेलाई कानुनी कारबाही नभएसम्म काममा नफर्कने भनी आफू कर्मचारीहरू गाउँपालिका अध्यक्ष र सम्बन्धित निकायमा लिखित उजुरी गरिसकेका छौं ।'

कर्मचारीहरूको लिखित उजुरीसँगै कामकाज अवरुद्ध भएकाले गाउँपालिका अध्यक्ष राजकुमार साहले समेत यस्ता उच्छृङखल गतिविधिविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन् । धनौजी गाउँपालिकाकाे ९० उपभोक्ता समितिमध्ये ७४ वटाको करिब साढे ३ करोड रुपैयाँ गत वर्षकै भ'क्तानी गर्न बक्यौता रहेको छ ।

यता सडक, नाला, ग्राभेल लगायतका कामहरूको रकम भुक्तानी माग गर्दा दिन नमानेपछि विवाद भएको उपभोक्ता समितिहरूको भनाइ छ । उनीहरूले भने काम गरेको एक वर्ष बितिसक्यो भुक्तानी नदिएपछि आफू मार्कामा परेको कारण आक्रोशमा दुवै पक्षबीच विवाद भएको हो । बक्यौता रकम भुक्तानी बारे कर्मचारीहरूले कागजी प्रक्रिया नपुगेकोले भुक्तानीमा समस्या भइरहेको बताएका छन् ।


Author

थप समाचार
x