मधेश

नो पार्किङमा राखिएका गाडीमा ह्वील लगाउन सुरु

इकागज |
चैत २४, २०७९ शुक्रबार १८:४१ बजे

जनकपुरधाम। अव्यवस्थित पार्किङ्ग सुधार गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले अभियान तीव्र पारेका छन् ।

यसैक्रममा शुक्रवारदेखि अवैध तरिकाले पार्किङमा राखिएका सवारी साधनमा ह्वील लगाउने कार्य सुरु गरेको छ । शुक्रबार ट्राफिक प्रहरीले सरकारी गाडीमा ह्वीलसहितको ताल्चा ठोकेको हो ।


जनकपुरधामको रामचोकस्थित राम मन्दिर अगाडि नो पार्किङमा खडा गरिएको प्रदेश २–०२–००१झ ००२२ नम्बरको सरकारी गाडीमा ट्राफिक प्रहरीले शुक्रबार दिउँसो ह्विल लगाएर लक गरेको जनाइएको छ । 

सडकमा पार्किङ गरिराखेको गाडीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरीले ताल्चा ठोकेका हुन् । सडक ढाकेर पार्किङमा राखेको सरकारी गाडीमा लक लगाइएको ट्राफिक प्रहरी प्रमुख शेखर कुमार साहले जानकारी दिए । उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएने उनले बताए ।

पार्किङ स्थलमा मात्र पार्किङ गर्न जानकारी दिइरहँदा अटेर गरी अव्यवस्थित पार्किङ गरेका सवारी साधनलाई ह्विल लक लगाएर १ हजार रुपैयाँ जरिवाना गराइने ट्राफिक प्रमुख साहले बताए । साहका अनुसार अभियान निरन्तर जारी रहनेछ । 'चाहे व्यक्तिगत होस् वा सरकारी सवारी साधन हुन्, गलत स्थानमा पार्किङ गरे ह्विल लक लगाएर जरिवाना गरी छोड्ने छाै‌।' ट्राफिक प्रमुख साहले भने ।


Author

थप समाचार
x