मधेश

पेट्रोल छर्केर शरीरमा आगो लगाएर हत्या गरेको आरोपमा पक्राउ

इकागज |
बैशाख २६, २०७८ आइतबार २०:२७ बजे

जनकपुरधाम : आगो छर्केर हत्या गरेको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक साताअघि आफ्नो छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका-१२ घारीबथानका ३५ वर्षीय शिवजी साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

वैशाख २० गतेका दिन आफ्नो घर अगाडिको आँपको बगैंचामा बसिरहेको बेला ५८ वर्षीय शियाशरण रायलाई शिवजी रायले सामान्य विवादका कारण पेट्रोल छर्की आगो लगाएका थिए ।


घटनामा घाइते भएका शियाशरणको उपचारका लागि धनुषाको लालगढस्थित मोडल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव हुन नसक्दा काठमाडौस्थित कीर्तिपुर अस्पताल लगिएको थियो । कीर्तिपुरमा उपचारको क्रममा वैशाख २१ गते नै उनको मृत्यु भएको प्रवक्ता कुँवरले बताए ।

घटना पश्चात फरार भएका साहलाई मलंगवा नगरपालिका-५ भाडसरस्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता कुँवरले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x