मधेश

सर्लाहीका दुई पालिकाका साढे ६ सय अति विपन्नलाई खाद्यान्न सहयोग

इकागज |
चैत ३०, २०७९ बिहीबार १८:४६ बजे

फाइल फोटो

सर्लाही - हरिपुर र ईश्वरपुरका करिब साढे छ सय अति विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग प्राप्त भएको छ । हरिपुर नगरपालिका–३, ५ र ६ का तीन सय ८८ र ईश्वरपुर नगरपालिका–१ र ३ का दुई सय ५८ गरी छ सय ४६ अति विपन्न परिवालाई बागमती सेवा समाज हरिवनले खाद्यान्न सामग्री सहयोग गरेको हो ।

समाजले इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो । अति विपन्न, दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको समाज हरिवनका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए । उनका अनुसार कोरोना महामारीपछि बेरोजगार बनेका र घरव्यवहार चलाउन निकै समस्या रहेका अति विपन्न परिवारको पहिचान गरी सम्बन्धित वडा कार्यालयले उपलब्ध गराएको नामावलीअनुसार खाद्यान्न वितरण गरिएको हो ।


प्रतिपरिवार रु पाँच हजार छ सय २५ बराबरको खाद्यान्न तीन दिनभित्र वितरण गरिसक्ने गरी वितरण सुरु गरिएको समाजका कार्यक्रम संयोजक गजेन्द्र साहले जानकारी दिए । उनका अनुसार चामल, दाल, तेल, चिनी, नुन, चना, मसला, चियापत्तीलगायत वितरण गरिएको हो ।

आफूहरु कोरोना महामारीपछि बेरोजगार भएको र अहिले देशको खस्कँदो अर्थतन्त्रका कारण मारमा परेको समयमा सहयोगी दाताले खाद्यान्न सहयोग गरेर ठूलो राहत मिलेको हरिपुरका स्थानीय इस्मुलानीसाले बताउनुभयो । 
 


Author

थप समाचार
x