मधेश

रौतहटमा दुई पक्षबीच झडप, गोली लागेर एकको मृत्यु ३ घाइते

सुभाष कर्ण |
बैशाख २, २०८० शनिबार १८:५७ बजे

जनकपुरधाम। रौतहटमा शनिबार गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाईते भएका छन्।

गोली लागेर रौतहटको गढीमाई नगरपालिकाको वडा न ८ को राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव समेत घाइते भएका छन् । उनीहरुको उपचार जिल्ला अस्पतालमा भइरहेको जनाइएको छ । 
गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा दुई पक्षबीच विवाद हुँदा विवादकै क्रममा गोली चलेको र सो क्रममा विभिन्न राउण्ड भएको गोली फायरमा गम्भीर घाइते रायको थप उपचारका लागि वीरगंजस्थित नारायणी अस्पतालमा लग्दै गर्दा बाटोमै मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिएका छन् । गोली कसले चलायो भन्ने कुरा नखुलेको उनको भनाई छ । 

घटनापश्चात खटेका प्रहरीले विभिन्न घरमा खानतलासीको क्रममा दुई नाले एक १२ बोरको बन्दुक बरामद भएको एसपी मगरले जनाए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ९ जनालाई नियन्त्रणमा समेत लिइएको एसपी बुढामगरले जनाएका छन् । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट डीएसपीको टोली पठाइएको उनले बताएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x