मधेश

नक्कली विवरण बनाएर नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीनजना पक्राउ

इकागज |
बैशाख ८, २०८० शुक्रबार ७:१७ बजे

बारा - नक्कली विवरण बनाएर नागरिकता बनाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । मावली हजुरबुवावाट बंशजको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेेको हो ।

वडाध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरागरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।


 उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।

रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुलेपछि उनीहरू पक्राउ परेका हुन । 

गोप्य उजुरीको आधारमा उनीहरूलाई पक्राउगरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

उनका अनुसार नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष साबिरलाई बुधबार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भइसकेको छ ।


Author

थप समाचार
x