मधेश

बारा-२ मा सर्वदलीय बैठक जारी, केही बेरमा मतगणना सुरु हुँदै

इकागज |
बैशाख ११, २०८० सोमबार ९:२५ बजे

बारा- हिजो हुन नसकेको बारा-२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ । 

हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन । हिजो हुन नसकेको बैठक आज सुरु भएको हो ।


जारी सर्वदलीय सर्वदलीय बैठकमा सहमति कायम गरेर केहीबेरमा मतगणना सुरु गर्ने तयारी भएको छ । 

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायकाअनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना सुरु हुनेछ ।

बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् । 


Author

थप समाचार
x