मधेश

बारा- २ : उपेन्द्रले कटाए १० हजार मत, अरुले कति पाए ?

इकागज |
बैशाख १२, २०८० मंगलबार ८:५ बजे

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा मतगणना जारी छ । 

मंगलबार बिहान ८ बजेसम्म जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादवले १०१९९ मत पाएका छन् ।


त्यस्तै जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६८०६ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४०११ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १४५१ मत पाएका छन् । 

त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५८७ मत पाएका छन् ।


Author

थप समाचार
x