मधेश

मधेशका मुख्यमन्त्रीले भने- मेरै खल्तीबाट पैसा चोरियो, संघीय सरकारको सुरक्षा व्यवस्था कस्तो हो ?

इकागज |
बैशाख १७, २०८० आइतबार १२:१६ बजे

जनकपुरधाम -मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशका जनता कति सुरक्षित छन भन्ने कुरा सभामुख भएदेखि मुख्यमन्त्रीसम्म दुई/दुई पटक मेरै पाकेटमारी भएको गुनासो गरेका छन् ।

जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो पीडा सुनाए ।


गृहमन्त्री नारायणकाजी श्रेष्ठकै अगाडि मुख्यमन्त्री यादवले सभामुख हुँदा आफनै खल्तीबाट पचास हजार र अस्ती पार्टी अध्यक्ष उपेन्द्र यादवको विजयी जुलुसमा जाँदा पनि खल्तीबाट पैसा गायब भएको पीडा सुनाउँदै सुरक्षा घेरा बीचमा रहने मुख्यमन्त्रीको गोजीबाट दिउँसै पैसा गायब हुनुले संघीय सरकारको सुरक्षा व्यवस्था कस्तो रहेको छ भन्ने कुरा प्रष्ट रहेको बताए ।

उनले प्रहरी समायोजन वा समन्वय नभएसम्म प्रदेशमा  चोरी, बढिरहेको भ्रष्टाचार, डकैती, चोरी, अपराधसहितको घटनाको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने बताएका छन् । उनले मिटरब्याज पीडित भन्दा पनि आफू बढी पीडित रहेको बताए । उहाँहरूको एउटा समस्या छ तर म कहाँ हजारौं समस्या लिएर आउने जनताहरुको चाप छ तर केही गर्न सकेको छुइन भन्दै उनले नेपाल सरकारसँग गुनासा पोखे ।

उपप्रधान र गृहमन्त्रीलाई बिन्ती गर्दै मुख्यमन्त्री यादवले संघीय सरकार कर्मचारी र प्रहरी समायोजन गरिदिए आफू २४ घण्टा भित्र प्रदेशमा सबै पीडितलाई न्याय दिलाएर दोषीलाई कालकोठलीमा बन्द गरिदिने बताए ।


Author

थप समाचार
x